
प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बारेमा जानकारी लिनुभएको छ ।
बिहीबार खनाल निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्य अवस्था बारेमा जानकारी लिनुभएको हो । भेटका क्रममा खनालले आफ्नो उपचारका लागि सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।
त्यस्तै देउवाले बर्तमान गठबन्धनको सरकारले सबैलाई समेट्ने र देश र जनताका लागि काम गर्ने बताउनुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि असार २ गते उपचारका लागि भारत जानुभएका खनाल सोमबार स्वदेश फर्कनुभएकोे हो ।