ज्ञानेन्द्र काेइराला दमक झापा, गायक रूपक डाेटेल अहिले पनि अाफ्नाे गायकी क्षेत्रमा उत्तिकै सक्रिय छन जति चर्चा पहिलाे नेपाली तारामा तेश्राे स्थान हासिल गरि कमासएका थिए । रूपकका अनेकाै चर्चित गीतहरूमाझ फेरी अर्काे गीत थपिएकाे छ , “ न चल्याे त्याे हावा ” जसमा साथ दिएका छन गीतकार दिपेन्द्र नेपालले ।
नेपाली सांगीतीक क्षेत्रमा अहिले अनेकाै गीतहरुको म्युजिक भिडियो आउने क्रम जारि छ।पछिल्लो समयमा सांगीतिक क्षेत्रमा अाफ्नाे अस्तित्वकाे लडाइ लडिरहेका पुर्वका चर्चित संगीतकार असाेक थापाको संगीत रहेको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।प्रेमाका अनेकाै अाराेह अवराेह हरूलाइ समय सान्दर्भिक ढंगबाट प्रस्तुत गरिएकाे भिडियाे लाइ सम्पूर्ण नेपाली दर्शकहरुकाे माया पाएर अपार सफल हुनेमा ढुक्क छन यसका निर्देशक दिपक बराल ।पुर्वका इटहरी,धरान,चतरा सप्तकाेशी लगायत रमणिय स्थलहरूमा गितको छायांकन गरिएको निर्देशक दिपकले बताए ।
कलाकार सुनिता तिम्सिना ,सुरज खनाल तथा दिपक बरालरमेतको उक्त म्युजिक भिडियोमा अभिनय रहेको छ । भिडियोको छायान्कंन तथा सम्पादन सागर पाैडेलले गरेका छन् । युटुव च्यानल टिभी अार्टबाट भिडियो सार्बजनिक भएको छ।भिडियोकाे तल हेर्नुहाेस ।



