१९ भदौ, दमक / शनिबार बिहानै अर्घाखाँचीमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका वडा नम्बर ३ बरबोटमा भएको हायस माइक्रो दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बा३ख ८६३९ नम्बरको हायस शनिबार बिहान शितगंगा-३ बरबोटस्थित नेपाली सेनाको ब्यारेक नजिकै दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय ठाडाका अनुसार हाइसमा चालक र सहचालक सहित १३ जना सवार रहेकोमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन्।

अहिले दुर्घटनामा घाइते भएकाको उद्धार गरी उपचारको लागि बुटवल पठाइएको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि गाडी सडकबाट १ सय मिटर तल झरी रुखमा अडिएको प्रहरीले जनाएको छ।

लुम्विनी प्रदेश टाफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ९ अर्घाखाँचीका ३२ वर्षीय सञ्जष विक रहेका छन्।

घाइते हुनेमा भुमिकास्थान-१ का पिपलनेटा श्याम नेपाली, भुमिकास्थान-८ का केशव खत्री र भुमिकास्थान धारापानीका हायस चालक सुजन रायमाझी, सहचालक टेकराज बन्जाडे, सन्धिखर्क १२ डिभर्नाका गोविन्द बस्याल, सन्धिखर्क-११ की समीक्षा शाह, सन्धिखर्क-१ की सीता मुखिया, मालारानी-५ का गंगाबहादुर खत्री, भुमिकास्थान १ का लोक नेपाली र सप्तरीका खड्क कुमार साह रहेको पाण्डेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah