दमक/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत जारी झापा जिल्लाको वडा अधिवेशनमा ५० भन्दा बढी वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । यसै क्रममा झापाको दमक ५ को वडा अधिवेसनबाट चलचित्रकर्मी समेत रहेका चैतन्य बराल नगर सभापतिमा निर्वाचित भएकाछन् ।

उनि सर्वसम्मत रुपमा निर्वाचित भएको बताईएको छ । यसैगरी उप सभापतिमा पुर्ण भट्टराई र सन्तोष गौतम पनि सर्वसम्मत निर्वाचित भएको बताईएको छ । आज उम्मेद्वारी मनोनयन कार्यक्रम रहेको थियो ।

त्यस्तै नेपाली काँग्रेसको वडा अधिवेसन अन्र्तगत दमक ८ को वडासभापतिमा चन्द्र खत्री सर्वसम्मत चयन भएकाछन् । युवा नेता खत्री आज भएको निर्वाचन प्रक्रिया अन्र्तगत सर्वसम्मत वडा सभापनि बनेकाहुन् ।

वडामा खुला सदस्य बाहेक अधिकाँश पदहरुमा सर्वसम्मत रुपमा उम्मेद्वारहरु चयन भएको वडा नं. ८ का प्रमुख निर्वाचन अधिकृत गिरीराज भट्टराईले जनाएकाछन् । खुला सदस्यमा भोली निर्वाचनको कार्यक्रम रहेको पनि बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय