काठमाडौं, २२ भदौं । प्रधानमन्त्री रोजगारी कार्यक्रम (पीएमईपी) अन्तर्गत गत वर्ष सञ्चालन गरिएका रोजगारमूलक साना परियोजनाबाट लक्ष्यको ९० प्रतिशत युवाले रोजगारी पाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष दुई लाख युवालाई न्यूनतम १०० दिनको रोजगारी दिने लक्ष्य लिएकोमा सो अवधिमा ९० प्रतिशत अर्थात एक लाख ७८ हजार ४३२ जनाले रोजगारी पाएको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहसचिव एवं पीएमईपीका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले कार्यविधि अनुसार स्थानीय तहलाई कार्यक्रम छनोट गर्ने अधिकार दिएपछि रोजगार कार्यक्रम लक्ष्य नजिक पुगेको बताए । ‘सूचीकृत भएका अधिकतम बेरोजगारलाई रोजगारी दिने लक्ष्यअनुसार विगत वर्षभन्दा बढी बजेट निकासा गरिएको थियो,’ कार्यक्रम निर्देशक घिमिरेले भने, ‘विगत वर्षको तुलनामा रोजगारी सिर्जनाका लागि आवश्यक बजेट दोब्बरले वृद्धि गरेर ११ अर्ब ६० करोड पुर्‍याएको थियो ।

अघिल्लो आवमा कुल ७०१ स्थानीय तहलाई सर्शत अनुदान हस्तान्तरण गरिएकोमा महालेखा नियन्त्रक कार्यालयको वित्तीय प्रगति विवरणअनुसार एक अर्ब ७६ करोड तीन लाख ४४ हजार ७२ खर्च भई ६५.४९ प्रतिशत वित्तीय प्रगति देखाएको थियो ।

सरकारले न्यूनतम १०० दिनको रोजगारी दिन सञ्चालन गरेको पीएमईपी अन्तर्गत गत वर्ष १६ हजार ४८६ आयोजना सञ्चालन गरेको थियो । यो आयोजनाबाट १३ करोड दिन बराबरको कार्य घन्टाभन्दा बढी समय रोजगारी सञ्चालन भएको मन्त्रालयले जनाएको छ । कुल ७५३ स्थानीय तहले विभिन्न् क्षेत्रमा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न अनुदान पाएका थिए । कारोबार दैनिकबाट