नेकपा एमालेका सांसद महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउनुपर्ने धारणा राखेका छन् ।

बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै उनले सभामुख अग्निप्रसाद सापकोटाले संसद्‌मा अभिभावकको भूमिका खेल्नुपर्ने ठाउँमा कुनै एक दलको कार्यकर्ता जसरी प्रस्तुत भएको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सभामुखको भूमिका संवैधानिक दायित्व पूरा गर्नुपर्नेतर्फ हुनुपर्ने थियो, तर त्यो देखिएन’, बस्नेतले भने, ‘अभिभावकको भूमिका नगरेर निश्चित दलको कार्यकर्ता बने। संसद् अवरुद्व गर्ने भन्दा पनि उचित जवाफ खोज्नुपर्छ। महाअभियोगसम्म हामी जानुपर्छ।’ उनले संसद्को स्थगन एमाले मास्ने योजनाका साथ गरिएको बताए। ‘एमालेलाई मास्ने अभियानमा देउवालाई यसम्यान बनाएर प्रचण्ड र नेपालले काम गरे,’ उनले भने, ‘मास्न त सकेनन्।

'सम्झिने पानी छम्किने जस्तै भयो।’उनले एमसीसीका सम्बन्धमा नेकपा एमालेको साझा धारणा बनाएर असहमतिका विषयलाई प्रष्ट पारेर जानुपर्ने धारणा राखे।