नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पार्टी बिभाजन नभएको दावी गरेका छन् । बुधवार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजनाको गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले समाजवादीको नाउँमा अलग भएकाहरु फुटेर गएका नभई काँचुली मात्रै फेरिएको बताएका हुन् ।

उनले नेकपा समाजवादीले देश र जनताका लागि काम गर्न नसक्ने बताए । पौडेलले प्रतिपक्षमा रहे पनि नेकपा एमाले देशकै सबैभन्दा ठूलो राजनीति दल भएकाले पार्टी छोडेर अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन आग्रह गरे। उनले एमसीसीका बारेमा सरकारको आधिकारीक धारणा आउनुपर्ने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रहितमा राखेर मात्रै एमालेले आवश्यक निर्णय गर्ने उनको भनाई थियो। उनले भूमिहिन, सुकुम्बासी, व्यवस्थित बसोबासीको समस्या समाधान गर्न एमालेको सरकारले नीति र विधि बनाएर काम अगाडि सारे पनि वर्तमान सरकारले त्यसलाई खारेज गरेर गलत निर्णय गरेको जिकिर गरे।