नेकपा ९एमाले०ले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन्।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नदेखिएको भन्दै आक्रोशित रहेको एमालेले आजको बैठक सुरु हुनासाथ नारावाजी गरेको हो। यसअघि बुधवारको बैठकमा पनि एमालेले अवरुद्ध गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमालेले कारवाही गरेका सांसदहरुलाई सभामुखले सूचना टाँस नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् ।