संघीय संसद अन्तर्गतको राष्ट्रियसभामा नेकपा एमालेको विरोधकै बीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ।

शुक्रबारको बैठकमा विरोधकै बीच राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गर्न समय दिनुभएको थियो । त्यसअघि बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लगतै राष्ट्रियसभाका एमाले सांसद देवेन्द्र दाहालले परमादेशी सरकारले अध्यादेश ल्याएर दल र एमालेलाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो ।

उहाले सभामुखले निष्पक्ष भूमिका खेल्न नसकेकाले बिरोध गर्नुपरेको धारणा राख्नुभयो। बैठकले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पास गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।