दमक,२५ भदौ । नेपाली कांग्रेस दमकको नयाँ नेतृत्वका लागि वर्तमान सभापति रोशन विष्टको समूहले पदाधिकारीमा प्यान ल उम्मेदवार बनाएको छ ।
सो समूहले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेको हो ।

उम्मेदवारहरुको नामावली कांग्रेस महासमिति सदस्य दिलबहादुर बुढाथोकीले सार्वजनिक गरेका थिए ।

सभापतिमा विष्टसहितको सो समूहले उपसभापतिद्धयमा ज्ञानकुमारी बुढाथोकी (ज्ञानु ),जयबहादुर धिमाल,सचिवमा दिपेश दाहाल,सहसचिवद्धयमा अमित थापा र विरेन्द्रकुमार आङदेम्बेलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै महासमिति सदस्य बुढाथोकीले पार्टीलाई बलियो बनाउन विष्टको प्यानललाई विजयी गराईदिन आग्रह गरे ।
यस्तै, सभापतिका प्रत्यासी विष्टले पनि दमकमा कांग्रेसलाई मजवुत बनाउन आफनो प्यानललाई विजयी गराईदिन आग्रह गरे । उनले उम्मेदवारी घोषणासंगै पार्टीका लागि सहमति र सहकार्य भने नरोकिने प्रष्टयाए ।

उम्मेदवारी घोषणा कार्यक्रममा महासमिति सदस्य टिकाराज सापकोटा, संविधानसभा सदस्य विश्वदिप लिङदेन, पार्टी जिल्ला सदस्यहरु रवि केसी, मेनुका बुढाथोकी,उमाकान्त आचार्य,तरुण दलका पूर्व जिल्ला सभापति भूमिराज चाम्लिङ लगायतको उपस्थिति रहेको थियो । घोषणा कार्यक्रमको सञ्चालन राजकुमार गौतमले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah