स्वतन्त्र युवा अभियान दमकको आयोजनामा आज दमक चोकमा युवाहरुले MCC विरुद्ध प्रदर्शन गरेका छन।

No MCC, MCC चाहिदैन देश बेच्न पाइदैन, संसोधन नगरी MCC लागु नगर जस्ता नाराहरु सहित मौन प्रदर्शन गरेका हुन ।

“सशर्त अनुदान लिने कुरा कुनै किसिमले जायज होइन, हामी यसका विरुद्ध अझै केहि दिन प्रदर्शन गर्नेछौं,” संयोजक पदम भण्डारीले सवाल नेपाल लाइ बताए।

“MCC परियोजनामा नेपाल सरकारले कुनै किसिमको अनुगमन गर्न नपाउने, नेपालको संविधान सँग बाझिएको खण्डमा MCC को विधान अनुसार हुने भन्नेजस्ता कुराहरूले यो सम्झौता राष्ट्रघाति हो भन्ने प्रष्ट पार्छ, यो राष्ट्रघाति सम्झौताका विरुद्ध राजनीति भन्दा माथि उठेर हरेक देशभक्त नेपालीले आन्दोलन गर्नु जरुरी छ, सबैजनालाइ हामी भोलि बाट निरन्तर हुने विरोध कार्यक्रममा उपस्थितिको निम्ति अनुरोध गर्दछौं,” यस अभियानका एक नेता दिपेन्द्र पौडेलले भने।

अभियन्ता मध्येका एक सुवास सुवेदी भन्छन, अब पार्टी भन्दा माथि उठेर देशको लागी हरेक नागरिकले सोच्ने र MCC विरुद्ध आन्दोलित हुनुपर्ने अवस्था आइसकेको छ।

हरेक दिन ५ बजे दमकमा यो प्रदर्सन हुने आयोजकले जनाएका छन।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah