दमक/ झापाको दमकमा यहि भदौ २७ गते हुने नेपाली काँग्रेसको नगर अधिवेसनमा सभापतिको उम्मेद्वारमा पर्शुराम रिजाल सहित पदाधिकारीहरु सार्वजनिक भएकाछन् । नगर सभापतिमा रिजाल रहेको समुहले उपसभापतिमा प्रेम भट्टराईलाई अघि सारेको छ । देउवा तथा युवा नेता विश्वप्रकाश शर्माको टिमको रुपमा उम्मेद्वारहरु सार्वजनिक भएको बताईन्छ ।
सचिवमा रामचन्द्र अधिकारी (आरसि) लाई अघि सारिएको छ । सह सचिवमा रमुना चापागाईं र विजय राईलाई रिजालले टिममा समावेश गरेकाछन् । एक उपसभापति र एक सचिव पदमा भने रिजालको प्यानलबाट उम्मेद्वार सार्वजनिक गरिएको छैन । सर्वसम्मतिको वातवरण बनाउनका लागि सबै पदमा उम्मेदवार सार्वजनिक नगरिएको समेत बताईएको छ । रिजालले आगामि स्थानीय निर्वाचनमा पार्टीलाई शशक्त रुपमा उभ्याउने उद्घोष सहित उम्मेद्वारी घोषणा गरेकाछन् ।
रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-
आदरणिय नेपाली काङ्ग्रेस का क्षेत्रिय प्रतिनिधि ज्यूहरु,पार्टी का अग्रज नेता तथा आमाबुबा ,दिदि बहिनि तथा साथिहरु
जय नेपाल
आज १०७ औ बि पि कोईरालाको जन्मजयन्ति को अवसरमा हार्दिक श्रद्धाञ्जली एव सम्मान ब्याक्त गर्दछु। लोकतान्त्रिक आन्दोलनमा प्राणको आहुति दिने ज्ञात अज्ञात शहिद प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । १४ औ महाधिवेशन अन्तर्गत नेपाली काङ्ग्रेसको दमक नगर सभापति को पदमा अग्रजहरुको आशिर्वाद र युवा साथिहरुको आत्मा विश्बासलाई साथमा लिएर उम्मेदवार घोषणा गरेको छु ।अब १४महाधिवेशन तपसिल बमोजिम पदमा हामी उम्मेदवारी घोषणा गर्दछौ।पार्टी लाईआधुनिकिकरण ,सबलिकरण,अनुशासित ,बैचारिक र प्रतिस्पर्धा योग्य पार्टीको रुपमा सगठन निर्माण नै हाम्रो लक्ष्य रहने व्याहोरा गर्दछु।
हाम्रो उम्मेदवारहरु
सभापति :पर्शुराम रिजाल
उप सभापति :प्रेम भट्टराई
सचिव :रामचन्द्र अधिकारी
सह सचिव:रमुना चापागाई
सह सचिव:बिजय राई ।लगायत
सहमति ,सहकार्य र एकता लाई सधैं आत्मा साथ गर्नेछौ।
सधै तपाईंहरु को सुझाव र सल्लाह अपेक्षा गर्दछौ।
जय नेपाल



