एमालेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालले आइतबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। आइतबार बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका हुन्।

एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ । बैठक अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि आग्रह गर्नुभएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सभामुखले बैठक नियमित अवरोध गर्दा अन्य सांसदको अधिकार सङ्कुचन हुने भन्दै बैठक सहज रुपमा सञ्चालन गर्नका लागि सहयोग गर्न र संवादबाट नै सबै समस्याको निकासका लागि आग्रह गर्नुभयो । सर्वोच्च अदालतमा विचाराधीन न्याय निरुपणको विषय संसद्मा छलफल गर्न प्रतिबन्ध रहेको उहाले स्मरण गराउनुभएको थियो।