प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक भाद्र २९ गतेसम्मका लागि स्थगीत भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि एमाले सांसदहरुले नारावाजी गर्दै अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले भदौ २९ गते दिउँसो १ बजे बस्नेगरि बैठक स्थगीत गर्नुभएको हो । बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन आग्रह गर्नुभएको थियो । सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो । तर एमालेले कारवाही गरेका सांसदहरुलाई बैठकमा सहभागी गराउन नहुने भन्दै बिरोधलाइ निरन्रता दिएको थियो । यसअघि आइतबार नै सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल गर्नुभएको थियो । छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर