काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकारले चाँडै एमसीसी सम्झौता कार्यान्वयन गर्नेमा आफू विश्वस्त भएको बताएकी छन् । नेपालको चारदिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुअघि फातिमाले पत्रकारहरुसँग सो कुरा बताएकी हुन् ।

सम्झौताअनुसार नेपालले चाँडै नै संसद्‌बाट एमसीसी अनुमोदन गरेर कार्यान्वयन गर्नेछ’, उनले भनिन्, ‘नेपालले जति सक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ, त्यति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’

उनले भनिन् – ‘अमेरिका–नेपालबीचको सात दशकभन्दा पुरानो औपचारिक सम्बन्ध, त्यसयता भएका अनेकौँ द्विपक्षीय सहकार्यका परियोजनाले नेपाललाई समृद्धिको यात्रामा अग्रसर हुन टेवा पुगेको छ । एमसिसी अनुमोदन नभए पनि हाम्रो सुमधुर सम्बन्धमा कुनै असर पर्नेछैन’

प्रतिनिधिसभाबाट एमसिसी अनुमोदनमा विलम्ब भए पनि अब राजनीतिक दलबीच शीघ्र सहमति हुनेमा आफू आशावादी रहेको बताउँदै उनले विभिन्न तहमा चार दिनसम्म गरेका भेटवार्ताबाट आफू त्यो निष्कर्षमा पुगेको बताइन् ।

उनले प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायतलाई बेग्लाबेग्लै भेटेर कम्प्याक्टलाई संसद्बाट पारित गर्न आग्रह गरेकी छिन् । क्यानाडा नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah