काठमाण्डौं । गैर आवासिय नेपाली संघ एन आर एन को , अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्ष्य पदको लागी प्रमिला वस्नेतले उम्मेद्वारी घोषणा गर्नुभएको छ।

क्यानडामा रहेर महिला हक हितको लागी आवाज उठाउदै नेपाली मौलिक लोक गीत संगितको माध्यमवाट समेत मातृभमी प्रतिको प्रेमलाई आम नेपाली माझमा पुयाउनुभएकी गीतकार प्रमिलाले विश्वभरी छरिएर रहेका नेपाली माझमा नेपालको मौलिक लोक सभ्यतालाई विश्वमा पुयाउनको लागी लागीपरिरहनु भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कर्मथलो क्यानाडा बनाउनुभएकी वस्नेत साझा संस्था गैरआवासिय नेपाली संघ क्यानाडाले अबका दिनमा क्यानाडाको क्यानाडियन नेपाली समुदायलाइ ठोस रुपमा सेवा र गौरबको संस्था मान्न सकिने उपलब्धि र अनुभूति दिलाउन आफु निरन्तर लागी परेको प्रमिला बस्नेतले बताउनुभयो। गैर आवासीय नेपाली नागरिकताको विषयलाइ टुंगो दिन आफ्नो नेतृत्व सधै लागीपर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको छ।

गैर आवासीय नेपाली अभियान सगै गीत संगीतलाइ पनी सगै अगाडी बढाउने सोचमा वस्नेत हुनुहुन्छ । पछिल्लो समय वस्नेतका धेरै गितहरु वजारमा सार्वजानीक समेत भएका छन । देशभक्ति मात्र नभए माया प्रेमका गीतहरुमा पनि उहाको कलम चलिरहेको छ। समाजसेवा लगायत अन्य धेरै क्षेत्रमा उहाको योगदान नेपाली जनता प्रति निकै प्रसंसा योग्य रहेको छ।

गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको सवल नेतृत्वको लागी उहाको उम्मेद्वारीलाइ साथ, सहयोग र सद्भाब सहितको अमुल्य मतका लागी वस्नेतले आग्रह गर्नुभएको छ।