सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध धनगढीमा र्‍यालीसहित विरोध सभा गरिएको छ । सोमबार धनगढीमा नेपाल रानाथारु समाज केन्द्रिय कार्यालयको आयोजनामा षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध र्‍यालीसहित विरोध सभा गरिएको हो ।

रानाथारुको आरक्षणको सुनिश्चतताका लागि दबाब स्वरुप धनगढीमा र्‍यालीसहित विरोध सभा गरिएको आयोजकले जनाएको छ । यस प्रदेशको सरकारी कामकाजीको भाषामा रानाथारु भाषालाई पनि समावेश गर्न यहाँका रानाथारु नागरिकले माग गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल राना थारु समाजको केन्द्रीय समितिले भाषा आयोगले सिफारिस गर्न छुटाएको रानाथारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन आग्रह गरेका थिए ।

उनीहरूले भाषा आयोगको उक्त प्रतिवेदन प्रति विरोध समेत जनाएका छन । सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्धमा उनीहरुले धनगढीको चौराहादेखि पार्कमोड सम्म र्‍याली निकालेका हुन् । सुदूरपश्चिम प्रदेशमा करिब ३ लाख बढी राना थारु समुदायका नागरिकको बसोबास रहेको छ ।