इजरायलमा सुसारे (केयरगिभर) रूपमा इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न अङ्गे्रजी भाषा परीक्षा सोमबार सम्पन्न भएको छ। सरकारी तवरबाट इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि भएको परीक्षामा सात हजार सात जना सहभागी भएका थिए।

वैदेशिक रोजगार विभागका अनुसार रोजगारीका लागि आवेदन दिएका नौ हजार ६९९ मध्येबाट भाषा परीक्षामा सात हजार सात जना सहभागी भएका छन् भने ६९२ जना परीक्षामा अनुपस्थित छन्। सहभागीमध्ये तीन हजार ७२७ पुरुष र तीन हजार २८२ जना महिला रहेको विभागले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विभागका निर्देशक एवं प्रवक्ता कमल ज्ञवालीले परीक्षाफल छिटोमा दुुई दिन र बढीमा तीन÷चार दिनभित्रमा सार्वजनिक हुने जानकारी दिए । गोरखापत्रमा खबर छ ।