झापा । टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी दुहबी नगरपालिका ९ छाताबेलीस्थित जय बाबा इट्टा भट्टामा कार्यरत मजदुर भारत पश्चिम बङ्गाल निवासी रफिकुल इस्लामकी ९ वर्षीया छोरी बबिता खातुन रहेकी छन् ।
बुधवार बेलुका पौने ५ बजे इट्टा भट्टा उद्योगभित्र को १ ख ५४५१ नम्बरको टिपरले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता घटना पश्चात् प्रहरीले टिपर र चालक धनकुटा सहिद भूमि गाउँपालिका ४ का ३० वर्षीय हेमराज राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।



