काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो ।प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको आज बिहीवार आयोजित अन्तरक्रियामा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले पार्टी (एमाले) मा तेस्रो धार भनिएकाहरू आँट र विद्रोह गर्न नसक्ने र अध्यक्ष ओलीसँग गल्ने स्वभावका भनेर समेत आरोप लगाउनुभयो । नेता नेपालले पार्टीमा सामाजिक चेतना वृद्धि, युवा हस्तान्तरण, विचार एवम् सोचमा परिवर्तन, नागरिकसँग सम्बन्ध, आचरण सुधारमा जोड दिने कुरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद बढेको बताउँदै ओलीले सङ्कटका बेलामा मात्र वार्ता र सम्झौताको कुरा गर्ने गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा उहाँले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताउनुभयाे । पार्टी जनताकाे बहुदलीय जनवाद (जबज) को मूल्य–मान्यता कायम राख्दै सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथ वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने उहाँकाे भनाइ छ ।

एक प्रसङ्गमा उहाँले एमसीसी कम्प्याक्ट गर्दा नेपालले असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य सङ्गठन र सुरक्षा छाताभित्र नरहने, नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने, बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व तथा लेखापरीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा स्पष्ट गर्नुभयो ।

आउँदाे चुनावसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउँदै उहाँले अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको स्वीकार्नुभयो । पत्रकार शम्भु श्रेष्ठ संयोजक तथा एक सय ५१ सदस्यीय कार्यसमिति रहने समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको जानकारी पनि त्यस अवसरमा दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah