प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भएपछि आलोचनालाई मत्थर पार्न भन्दै प्रधानमन्त्रीको सचिवालयले सरकारले गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको, एमसीसी पास गर्न पहल गरेको लगायतका विवादलाई कम गर्न भन्दै सचिवालयले सरकारले गरेका महत्वपूर्ण १५ कामको सूची सार्वजनिक गरेको हो । कामको सूचीमा विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्तिलाई महत्वपूर्ण उपलब्धि मानिएको छ।

https://youtu.be/SNJoecOqj24

आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै छ। नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउने तयारी गरेको हो । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयता सहितको ‘नेपालको संविधान जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ। संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा सातौँ संविधान दिवस मूल समारोह आयोजक समिति गठन भएको थियो।

https://youtu.be/SNJoecOqj24

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्वको सरकारले जनभावना अनुसार नै काम गर्नुपर्ने बताउनुभएको छ । गणेशमान सिंहको स्मृति दिवसका अवसरमा आज गणेशमान सिह फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा नेता सिंहले कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण कांग्रेस नेतृत्वको सरकार बनेको भन्दै सरकारले जनताको भावना अनुसार काम गर्नुपर्ने बताउनुभएको हो। २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

 

https://youtu.be/SNJoecOqj24

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो।जसपा नेपाल विभाजित भएर लोसपा बनेपछि भने यो पटक जसपाले संविधान दिवसमा मौन रहने र लोसपाले विरोधका कार्यक्रम गर्ने तयारी गरेका हुन् ।

https://youtu.be/SNJoecOqj24

काठमाण्डौ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा आजबाट सुरु भएको छ । बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा राखेपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्धादशीका दिनदेखि एक हप्तासम्म मनाइने इन्द्रजात्रा आउँदो ८ गतेसम्म मनाइन्छ। गएको वर्ष कोरोना महामारीका कारण औपचारिक पूजा गरेर मात्रै मनाइएको जात्रा यो वर्ष भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइने भएको छ।

https://youtu.be/SNJoecOqj24

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको सामुहिक हत्याकाण्डको थप अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली संखुवासभा पुगेको छ । हत्याकाण्डपछि हराइरहेको रञ्जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि थप अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली संखुवासभा आइपुगेको हो । प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार हत्यामा भाइको संलग्नताबारे अनुसन्धान गर्न प्रहरी टोलीलाई संखुवासभा पठाइएको हो ।

 

https://youtu.be/SNJoecOqj24

खोटाङमा डेङ्गुका रोगका बिरामी भेटिन थालेका छन् । हप्ता दिनको अवधिमा डेङ्गुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। वैभव मल्लिकले बताउनुभयो । अहिलेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एक जना, रावाबेसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेङ्गी लागेको पुष्टि भएको छ।

 

 

कमल गाउँपालिकास्थित रतुवामाई वृक्षरोपण आयोजना निरन्तर अतिक्रमणका कारण खुम्चिँदै गएको छ ।

 

संस्थागत र व्यक्तिगत रूपमा अतिक्रमण तीव्र बनेको आयोजनाले जनाएको छ । २०३३ मा वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गत वन पैदावार विकास समितिको गठनपछि आयोजना स्थापना भएको हो । २ हजार ७ सय हेक्टरमा फैलिएको आयोजनाको करिब ५३ हेक्टर जमिन अतिक्रमण भइसकेको छ । ५३ हेक्टरमध्ये आधा जति व्यक्तिगत रूपमा र आधा संस्थागत रूपमा अतिक्रमण भएको वृक्षरोपण आयोजना प्रमुख खेमलाल विश्वकर्माले बताउनुभयो । मठमन्दिरका नाममा बढी अतिक्रमण भएको उहाँको भनाई छ।

https://youtu.be/SNJoecOqj24

प्रहरीले आपराधिक घटनाबाट पीडित बनेकाहरुसँग घरमै पुगेर संवाद सुरु गरेको छ। मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले यस संवादलाई अभियानको रुपमा अघि बढाउने बताउनुभएको छ । जसबाट पीडितको अवस्था र परिस्थिति बुझ्न सहज हुने उनको बुझाइ छ। पीडितलाई कानुनबमोजिम उचित न्यायिक उपचार उपलब्ध गराउने उद्देश्यले पीडितसँगको संवाद कार्यक्रम सुरु गरिएको हो। मोरङ प्रहरीले असोज १ गतेदेखि सुरु गरेको उक्त अभियान जिल्लाभर विस्तार गरिने जनाएको छ।

 

 

अफगानिस्तानमा तालिबानले महिला मन्त्रालय हटाएर त्यसको साटो कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय राखेको छ । तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेको विविसीले जनाएको छ । महिला कर्मचारीहरूले कार्यालयबाहिर आफूहरूलाई काममा फर्काउन तालिबानसँग अनुनय गरीरहेको भिडियोहरु सामाजिक सञ्जालमा आएको पनि विविसीले जनाएको छ । सन् १९९० को दशकताका तालिबान शासन अवधिमा उक्त मन्त्रालयले कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलाहरूमाथि कडा प्रतिबन्धहरू लगाएको थियो।

 

 

एएफसी महिला एशियन कप फुटबलको छनौट खेल अन्तर्गत आज नेपालले फिलिपिन्सँग खेल्ने भएको छ। उज्वेकिस्तानमा हुने छनौट खेल नेपालको २०१९ यताको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नेपाल आजको खेलमा जित निकाल्दै नेपाली टोली एशियन कप छनौट खेलको यात्रा तय गर्न चाहन्छ । एशियन कप आउदो वर्ष भारतमा हुनेछ। छनौट खेलमा नेपाली महिला टोलीले फिलिपिन्सपछि हङकङसँग खेल्नेछ । समूह एफमा रहेको नेपाली टोली शिर्षस्थानमा पुगे एशियन कपका लागि छनौट हुनेछ।

 

https://youtu.be/SNJoecOqj24

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah