नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिष्ट नभएर प्रतिगामीको पुच्छर भएको बताएका छन् ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालयको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कुनै हालतमा कम्युनिष्ट हुन नसक्ने बताए ।

सम्बोधनको क्रममा ओलीले भने, ‘कुनै पनि हालतमा प्रचण्ड कम्युनिष्ट होइनन् । यसका कुनै शंका छैन । प्रचण्डले आफूलाई कम्युनिष्ट भन्न सुहाउँछ ? नाम राखेर हुन्छ ?’

कार्यक्रममा ओलीले माधव नेपालले देश र कम्युनिष्टविरूद्ध अपराध गरेको बताए । वामपन्थी सरकार ढालेर नेपालले देश र कम्युनिष्ट आन्दोलन विरुद्ध अपराध गरेको उनले बताए । ‘माधव नेपाल भन्ने मान्छे, जसले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न खोज्दैछन् । हेर्नुहोस त वामपन्थी सरकार कसरी ढाले, प्रदेश सरकार कसरी ढाल्न खोज्दैछन्,’ ओलीले भने, ‘यिनले कम्युनिष्ट भन्न सुहाउँछ ?’

आफ्नै पार्टीको सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन गएकाले माधव नेपालले अपराध गरेको ओलीले बताए ।

कार्यक्रममा उनले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नहुने घोषण गरेका छन् । ‘प्रचण्ड र माधव नेपाल प्रतिगामी हुन् । प्रतिगामीका पुच्छर हुन् । उनीहरूको पार्टीसँग चुनावी तालमेल हुँदैन,’ ओलीले भने ।

सम्बोधनका क्रममा ओलीले विद्यार्थी नेताहरूलाई पदको लडाईं गरेर प्रचण्ड र माधव नेपाल नबन्न भनेका थिए । ‘अहिले विद्यार्थी हुनुहुन्छ । पदको विवाद गरेर प्रचण्ड–माधव जस्तो हुनुभएन ।

प्रचण्ड र माधव नेपालले सधैँ पद र सम्मान मागेको बताएका थिए ।

अनेरास्ववियुका विद्यार्थी नेताहरूले पद प्राप्तिका लागि विभिन्न नेताहरूसँग लबिङ गरेकोमा ओलीले असन्तुष्टि पोखेका थिए ।

अनेरास्ववियुका केही पदाधिकारीको असन्तुष्टिका बीच संगठनको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । पार्टी अध्यक्ष केपी ओलीको चाहनामा उनलाई संगठनको अध्यक्ष बनाइएको अनेरास्ववियुका एक विद्यार्थी नेताले बताए । त्यसै गरी समिक बडाल महासचिव चयन भएका छन् । अनेरास्ववियुको सचिवालयको पूर्ण बैठकले उनीहरूलाई चयन गरेको हो । अनेरास्ववियुका ऐन महरलगायतका पदाधिकारीले विद्यार्थी संगठनबाट बिदा लिएका छन् । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah