काठमाण्डाै – संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नाै सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरिने भएकाे छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ अनुसार गएको भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले विभिन्न व्यक्तिलाई विभूषण प्रदान गर्नुहुने भएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा स्व.मङ्गलकुमार उपाध्याय नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई पनि पदक प्रदान गरिने भएकाे छ ।

माधव नेपालका बुबा स्व. मङ्गलकुमार उपाध्याय नेपाललाई साहित्यकारका रूपमा प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएकाे हाे भने प्रचण्ड पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे वैशाख १ गते विशेष समाराेहका साथ विभूषण, अलङ्कार र पदक वितरण गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय