झापा । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका विश्वप्रकाश शर्माले राजनीतिको आडमा यो देशलाई प्रयोगशाला बनाउने काम बन्द गर्न आग्रह गरेका छन् ।

गृह जिल्ला झापा पुगेका काँग्रेस युवा नेता विश्वप्रकाश शर्माले संविधान दिवसको अवसरमा आइतबार बिर्तामोडमा आयोजित आफ्ना २४ बुँदे अवधारणा सार्वजनिक गर्दै राजनीतिमा परिवर्तन भन्ने विषय नभएर राजनैतिक परिवर्तन नै कसैलाई मन लाग्यो, रहर लाग्यो भने माफ गर्नुहोस्, अब देशलाई प्रयोगशाला बनाउने पाइँदैन । २००७, २०४६ र ०६२/०६३ सालको जनआन्दोलनपछि मुलुक परिवर्तनको दिशातर्फ अघि बढिसकेको बताउँदै नेता शर्माले भने, ‘देश नवीन राज्य प्रणालीमा गइसक्यो, यो प्रणाली सुरक्षित र व्यवस्थित गरौँ, व्यवस्था ठिक छ, अव्यवस्थाको अन्त्य गरौँ ।’

उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दिँदै गर्दा यस आवाजलाई छलफल र बहसमा राख्दै आएको छु ।’ राजनीतिमा दुस्मनी होइन, सहिष्णुता, संस्कार र रूपान्तरण ल्याउनु आजको आवश्यकता हो । राजनीतिकभित्रको द्वन्द्व अन्त्य गरी देश र जनताका लागि आर्थिक क्रान्ति ल्याउनु पर्ने बेला आइसकेको बताउँदै उनले भने, ‘राजनीतिको आडमा जातीय भेदभाव गर्ने व्यक्तिलाई काँग्रेस, कम्युनिस्ट लगायतका दलहरूले ढोका बन्द गर्नुपर्छ, अनि मात्र राजनीतिक रूपान्तरणको सुखद सुरुवात हुन्छ, जनताले लोकतन्त्र र गणतन्त्र भएको महसुस गर्न पाउँछ ।’ केही साथीहरूले मलाई फोन गरेर सोध्नुहुन्छ, अब त महाधिवेशन सर्दैन होला नि, मैले सोधे किन उनीहरू भन्छन् खर्चले धान्न गारो भो, अब त नसकिने भो । किन खर्च गर्दै हुन्छ ?, के मा खर्च गर्दै हुनुहुन्छ ?, खर्च गराउनेहरू को हुन ?, उनले भने, ‘इमानको पैसा र अन्न खाएर, मेहनत गरेर कहिले पनि त्यो स्वच्छ र सफा मन भएका व्यक्ति राजनीतिमा अघि बढ्न पाउने कि नपाउने रु त्यसैले यो व्यक्तिको दोष नभएर हाम्रो समग्र प्रवृत्तिको दोष हो ।’

‘मित व्यापी निर्वाचन गराउन हामी जान्दै जानेनौँ, त्यो पद्धति बनाउँदै बनाएनौँ, आम निर्वाचनमा भोगका हाम्रा पीडाहरू छदैछन्,’ त्यसैले अब मित व्यापीमा बहस हुन जरुरी छ,’ उनले भने । संविधानको प्रसङ्गमा बोल्दै उनले भने, ‘यो संविधान धेरै विमतिपछि आएको दस्ताबेज हो, संविधान बनाउनेले कम्तीमा संविधानमाथि इमानदारिता राखेनौँ भने विधान नमान्नेहरुले यो संविधान मान्नु पर्ने कारण केही छ र ?’ ‘देशको विधान उत्कृष्ट छ, यसलाई कार्यान्वयनको दिशातर्फ सबै दल मिलेर अघि बढ्नुपर्छ,’ उनले भने ।

२४ बुँदे अवधारणा सार्वजनिक गर्दै उनले भने, ‘इमानदार, इमानदार, इमानदार भएर नेतृत्व सम्हाल्न महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको छु, मलाई साथ दिन सम्पूर्ण झापाली नेता र कार्यकर्तासँग खुलेर अपिल गर्न चाहन्छु ।’ उनले घोषणा गरेको अवधारणामा राजनीतिको छवि सकारात्मक बनाउनेदेखि लिएर शासन संस्कार पद्धति, राजनीतिले अव क्रान्तिको भाषा परिवर्तन गर्नुपर्ने सम्म रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय