झापा । झापामा गुडिरहेको क्रेनबाट खसेर सहचालकको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका–३ मिलन चोकमा गुडिरहेको क्रेनबाट खसेर क्रेनका सहचालक सप्तरीको बेदेवर्साइन–५ का २५ वर्षीय जोगेन्द्रकुमार साहको मृत्यु भएको हो ।

आइतबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५४०० नम्बरको क्रेनबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार हिजो साँझ ६ः३० बजेतिर गुडिरहेको अवस्थामा माथिबाट खसेर उनी क्रेनको पछाडिको चक्कामा परेका थिए ।

क्रेन र क्रेन चालक रौतहटको रङ्गापुर–२ का २५ वर्षीय मुकेश चौधरीलाई प्रहरीले नियन्त्रणको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर