काठमाडौं । सवारी चालक अनुमति पत्र लिन बाँकी रहेकाले दशैंपछि मात्र पाउने भएका छन् ।

प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैंअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ । शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भन्नुभयो, “प्रिन्ट कार्ड आउन कम्तीमा एक महिना लाग्छ, आज डेलिभरी अडरको पत्र दिँदै छौँ, दशैंअघि प्रिन्ट गर्न गाह्रो छ, दशैंपछि यसको स्पिड बढाउनु पर्छ ।”

हाल विभागमा सात लाखप्रति लाइसेन्स प्रिन्ट गर्न बाँकी छन् । नवीकरण गर्न दिएका र नयाँ लाइसेन्स कुरिरहेका सेवाग्राहीले राजस्व बुझाइसकेपछि सेवा पाउन सकेका छैनन् ।

फ्रान्सबाट १४ लाखप्रति कार्ड ल्याउन सम्झौता भएको छ तर कार्ड ल्याउन नसक्दा प्रिन्टको काम रोकिएको छ । २०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि विभागले काम गर्न नसकेको हो । विभागले १४ लाख विद्युतीय लाइसेन्सका लागि २०७७ असार २९ गते एक महिनाको म्याद दिएर ग्लोबल टेन्डर गरेको थियो तर चौध महिना हुँदा पनि कार्ड ल्याएको छैन । २०७७ मै प्रिन्ट कार्ड सकिएको भनेर टेन्डर आह्वान गरेको थियो ।

विभागका अनुसार तत्कालीन अवस्थामै दैनिक आठ हजारप्रति लाइसेन्सको माग हुँदा विभागले दैनिक दुई हजार ५०० प्रति मात्र प्रिन्ट गर्न सक्थ्यो । जसका कारण परीक्षा पास गरेका सेवाग्राहीले दुई वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता भयो ।

विभागले असोज १२ गतेबाट लाइसेन्सका लागि नयाँ आवेदन खुला गर्ने भएको छ । गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्सको ट्रायल परीक्षा सुचारु भएको छ । असोज १२ गतेपछि अनलाइनबाट आवेदन दिन सकिने छ ।

गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah