दुबई घुम्ने र फर्किँदा सुन लिएर आउने भनेर हिँडेका एक पुरुषलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । गोरखाको गोरखा नगरपालिका–२ घर भएका ४२ वर्षीय सीताराम विकलाई १३ हजार अमेरिकी डलरसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।

नेपाली रुपैयाँ करिब १५ लाख ३५ हजार बराबरको अमेरिकी डलर बोकेर पर्यटक भिसामा उनी एक साताका लागि दुबई हिँडेका थिए । एक सातापछि फर्किँदा सुनका बाला लिएर आउने गरी सीताराम दुबई जान लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विदेश जाँदा १५ सयभन्दा बढी डलर लैजान पाइँदैन । तर, सुन तस्करी गर्नेहरुले नेपालबाट भरियालाई लैजाने र सुन बोकाएर पठाउने गर्छन् ।

सुनको काम गर्नेहरुले सीताराम जस्ता व्यक्तिहरुको समूह बनाएर तस्करी चलाउने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । दुबईमा एक साता घुम्ने र आउने जाने खर्च सुनको काम गर्नेहरुले गरिदिने हुँदा सीतारामजस्ता व्यक्तिहरु लोभिने गरेका छन् ।

खाडी मुलुक घुमेर फर्किने लोभमा जानेहरू धेरैलाई कुन देश जाने र कहिले फर्किने भन्ने पनि थाहा नहुने गरेको पाइएको छ । विमानस्थलमा कार्यरत एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने– ‘समूहको नाइकेले जे भन्यो त्यहि गर्नेहरु धेरै भेटिएका छन्, उनीहरु अधिकांश सुनका बाला बोक्ने भरियाका रुपमा प्रयोग हुने गरेको पाइन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah