काठमाण्डाै – सरकारले चाडपर्वलाई लक्षित गरी आजदेखि संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् । गएको असोज एक गतेदेखि नै अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरू सहभागी हुनेछन् । उहाँका अनुसार अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ ।

यस्तो अनुगमन प्रदेश सरकार र पालिकाले पनि गर्नेछन् । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन पनि दिइसकेको छ ।

यस्तै विभागले, नापतौल र गुणस्तरबारे हुने ठगीबाट बच्न गुणस्तर तथा नापतौल विभागले एक हप्ताको सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । काठमाण्डौ महानगरपालिकाले पनि दैनिक अनुगमन गर्ने जनाएको छ ।

अनुगमनकै लागि महानगरले विभागसँग प्रतिनिधि माग गरेको छ । विभागका प्रवक्ता शिवराज सेढाईँका अनुसार अनुगमन गर्न सामान्य प्रशासन मन्त्रालयबाट १०/१२ जना कर्मचारी थपिएका छन् । दशैँमा धेरै कारोबार हुने वस्तु, लत्ताकपडा, मसला, खाद्यन्न, मासु पसलमा अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

अनुगमनको क्रममा मुख्यतः बिलबिजक र स्टिकरको समस्या देखिएको उहाँले बताउनुभयो । त्यस्ता व्यवसायीलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने उहाँको भनाइ छ । यसैबीच बजारमा चिनी लगायतका खाद्यवस्तुको अभाव नभएको विभागले जनाएको छ । चाडपर्व सुरु भएसँगै बजारमा चिनी लगायतका केही खाद्यवस्तुको अभाव भएको भन्ने हल्ला फैलाएको भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

विभागका अनुसार बजारमा तीन महिनाभन्दा धेरै अवधिलाई पुग्ने चिनीको स्टक छ । तीन महिनासम्मका लागि मौज्दात भएकाले आत्तिएर अहिलै सञ्चित गरेर नराख्न विभागले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah