आज विहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

हिजो बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य ५०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार १५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।