इलामको २ स्थानीय तहमा गरिएको अध्ययनअनुसार नेपालमै दुर्लभ चरा फेला परेका छन्। जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका बिभिन्न क्षेत्रमा कोशी बर्ड सोसाईटीको अगुवाईमा गरिएको अध्ययनले इलाममा दुर्लभ चरा फेला परेका हुन्।

कन्याम र कुट्टीडाँडा क्षेत्रमा तीन दिनसम्म अध्ययन गर्दा नेपालमै दुर्लभ मानिएका विभिन्न प्रजातिका चरा फेला परेको जनाइएको छ। नेपालमै दुर्लभ मानिएको वन टिकटिके, रातो ढाँडे पुष्प कुकील, ठूलो निलतवा, ससीया, चाँदी काने मेसीया, लालपुच्छ्रे मिल्ला लगायत प्रजातिका चरा फेला परेको कोशी वर्ड सोसाईटीका अध्यक्ष संजीव आचार्यले जानकारी दिए।

उनका अनुसार वन टिकटिके प्रजातिको सानो चरा नेपालमा दुर्लभ मानिन्छ। उक्त चरा कन्याममा फेला परेको हो। त्यस्तै, नेपालमै अति दुर्लभ मानिएको रातो ढाँडे पुष्प कुकील पहिलो पटक रोङ गाउँपालिकाको कुट्टीडाँडा क्षेत्रमा फेला परेको आचार्यले जानकारी दिए। टोलीले अध्ययनका क्रममा ५०-६० प्रजातिका चरा फेला पारेको छ।

कोशी वर्ड सोसाईटीका अध्यक्ष आचार्य सहित ,सोसाईटीका सह सचिव तथा नेचर गाईड चक्र तिम्सिना, वाईड लाईफ फोटो ग्राफर (वर्ड वाचिङ) संजय श्रेष्ठ र फोटो पत्रकार तथा बन्यजन्तु संरक्षण अभियान्ता देवेन्द्र खरेल सहितको टोलीले रोङ गाउँपालिकाको कुट्टीडाँडा लगायतका क्षेत्र र सूर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा तीन दिन सम्म अध्ययन गरेको थियो।

वन टिकटिके, रातो ढाँडे पुष्प कुकील प्रजातिका चरा पूर्वी नेपालमा मात्र पाईने उक्त टोलीले जनाएको छ। यी चरा गर्मी याममा पहाड र जाडो याममा तराई झर्ने गरेको अभियन्ता देवेन्द्र खरेलले जानकारी दिए।

अभियन्ता खरेलले इलाम जिल्ला स्वदेशी पर्यटकको गन्तब्य भए पनि बिदेशी पर्यटक भित्रयाउने माध्यम चरा भएको बताए। चरा पर्यटनका लागि बिदेशी पर्यटक आर्कषित भएकाले चराको गणना गरी प्रचार प्रसार गर्नु पर्ने उक्त टोलीले जनाएको छ। उक्त टोलीले इलाम जिल्लामा करिव चार सय ५० प्रजातिका चरा रहेको जनाएको छ।

हाल कोशी टप्पु बन्य जन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषले चराचुरुङगीको संरक्षण गर्दै आएको छ। आरक्षमा पाँच सय ३१ प्रजातिका चरा रहेका छन् भने नेपालमा आठ सय ८८ प्रजातिका चराचुरुङ्गी रहेको जनाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah