नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले दमक नगर कमटी घोषणा गरेको छ । झापाका १५ स्थानीय तह मध्ये नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीको गृहनगर समेत रहेको दमकमा पहिलो पटक नगर कमिटी घोषणा गरिएको हो ।
महेश घिमिरेको अध्यक्षतामा रहेको नगरकमिटीमा हमला सिटौला, बिराट जवेगू र सुमन कार्की उपाध्यक्ष रहेका छन् । निर्मल लामिछाने सचिव रहेको नगर कमटीमा रोशन भण्डारी र अनिलदेव राई उपसचिव रहेका छन् ।
पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मीले नगरकमिटीको नामावाली घोषणा गरेका हुन् । पार्टीका केन्द्रिय सदस्य ईन्द्र बुढाथोकी, जिल्ला अध्यक्ष रेग्मी सहितका नेताहरुको उपस्थितीमा नवघोषित नगरकमिटीको सपथ ग्रहण पनि गराईएको छ ।
जिल्लामा पार्टी संगठन निर्माणलाई अघि बढाउने क्रममा दमकमा कमटी घोषणा गरिएको जिल्ला प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जानकारी दिनुभयो । दशैं अघिनै झापाका आधा भन्दा बढि स्थानीय तहमा कमिटी घोषणा गरिने केहि जनसंगठन पनि निर्माण गरिने उहाँको भनाई छ ।



