उच्च अदालत विराटनगरको गेटमै एक युवकमाथि खुकुरी प्रहार भएको छ

केहीबेरअघि अदालतको प्राङ्गणमै कलमसिंह राणामाथि खुकुरी प्रहार भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनी उच्च अदालतमा तारिखका लागि आएका थिए । उनलाई बाटो ढुकेर बसेका एक व्यक्तिले खुकुरी हानेको प्रहरीले जनाएको छ ।घाइते राणालाई उपचारका लागि विराट टिचिङ अस्पतालमा लगिएको छ ।

खुकुरी प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।