मोरङ । उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएका मध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार पक्राउ परेका दुवै जना अभिषेक चौधरी हत्या काण्डका मुख्य अभियुक्त हुन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीबाट दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा पेस गरेको छ ।

फुटबल खेल्ने क्रममा दुई पक्षबिच भएको विवाद छलफल गरेको मिलाइएको भए पनि रिसईबी साँधेर बसेको समूहले अभिषेकको हत्या गरेको प्रहरीको भनाइ छ । लिम्बूद्धयको योजना र प्रत्यक्ष संलग्नतामा छुरा हानेर चौधरीको हत्या गरिएको श्रेष्ठको भनाइ छ ।

१५ जनाको सङ्ख्यामा आएको समूहले गत साउन ११ गते दिउँसो चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीमाथि छुरा हानेको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको त्यही दिन झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्‍याउने बित्तिकै मृत्यु भएको हो । सुशन भने उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।

घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू, उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगर यसअघि नै पक्राउ परिसकेका थिए । अहिलेसम्म घटनामा संलग्न ८ जना पक्राउ परिसकेका छन् । अरू ७ जना फरार नै छन् । टाइम्स अफ प्रदेश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah