काठमाडौं, ११ असोज । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दै छ ।

आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको ‘विनियोजन विधेयक–२०७८’ सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेकी थिइन् । योसँगै सरकारलाई खर्चको बाटो खुलेको थियो ।

संसदको चालु नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ। एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट प्रतिस्थापन विधेयक यस अघि नै पारित भइसकेको छ। आजको बैठकमा पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah