झापा । स्थानीयवासीले दुई घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरोध गरेका छन् । टिपरको ठक्करबाट छोटा हात्ती गाडी (पिकअप भ्यान) चालकको मृत्यु भएपछि स्थानीयवासीले सोमबार बिहान झापाको शिवसताक्षी नगरपालिका- १० स्थित माइधारमा राजमार्ग अवरोध गरेका हुन् ।

आक्रोशित बनेका स्थानीयले सडकमै टायर बालेर सडक अवरोध गरेका छन् । सडक अवरोध हुँदा यातायातका सवारीसाधन सडकमै जाम लागेको छ । यता प्रहरी राजमार्ग खुलाउन प्रयास गरिरहेका छन् । पूर्व-पश्चिम राजमार्गस्थित माइधारमा सोमबार बिहान साढे ८ बजे प्रदेश ०३-००१-क-००९५ नम्बरको टिपरले को २ च २६३२ नम्बरको छोटा हात्ती गाडीलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गाडी चालक दमक नगरपालिका- ९ निवासी अन्दाजी ४० वर्षीय नेत्र खड्का रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

उनका अनुसार छोटा हात्ती सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो गाडी कनकाई सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो । पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको थियो । टिपर र टिपर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ ।

चार सय बढी स्थानीयवासी भेला भएर राजमार्ग अवरोध गरेकोले प्रहरी टोली घटनास्थल पुगेर राजमार्ग खुलाउने पहल गरिरहेको डिएसपी थापाले बताए । यता स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको र ट्राफिक प्रहरीका कारण दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध नाराबाजी गर्दै सडक बन्द गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah