उदयपुर । उदयपुरकाे बेलका नगरपालिका ३ त्रिबेणी चोक स्थित भित्रि सडक खड्मा स्कुटीको ठक्कर दिँदा ७० वर्षीय बृद्धकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा सोही स्थानका ७० बर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् । आईतबार बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ गईरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटीले ठक्कर दिई घाईते भएका पैदल यात्री बस्नेतको घोपा धरानमा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
स्कुटी र चालक सोही स्थानका २६ बर्षीय एकराज बि.क.ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भईरहेको बताइएकाे छ ।



