पुनको पारिवारिक स्रोतका अनुसार जन्डिसको समस्या बढेपछि बैंकक लैजाने निर्णय भएको हो । उनको यसअघि पनि बैंककमा उपचार गरिएको थियो ।

सांसदसमेत रहेका पुन लामो समयदेखि जन्डिसबाट पीडित रहेको र त्यसको उपचारका लागि उनलाई बैंकक लान लागिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुनलाई २०७२ सालमा पनि बैंककमा उपचार गरिएको थियो । त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए । त्यसपछि पुनले नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए । तर पछिल्लो दुई वर्ष भने उनी कोभिड-१९ महामारीका कारण फलोअपमा जान नसकेको बताइएको छ ।

दुई दिनदेखि सुमेरु अस्पतालमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि बैंकक लैजान चिकित्सकले सुझाएको पारिवारिक स्रोतले जानकारी दियो ।