झापा। जिल्ला प्रहरी कार्यालय झापाले फरार दुई अभियुक्तलाई पक्राउ गरी कारागार चलान गरेको छ । फैसला कार्यान्वयन अन्तर्गत प्रहरीले पक्राउ गरेको दुवै अभियुक्तलाई झापा जिल्ला अदालतले कारागार पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साबिक तोपगाछी–५ का ३६ वर्षीय वीरु भन्ने विक्रम लिम्बु र साबिक शान्तिनगर गाविस- १ का ६२ वर्षीय अग्नि लावतीलाई इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरी झापा अदालतमा उपस्थित गराएको थियो । सर्वोच्च अदालतको आदेश अनुसार अभियुक्तहरूलाई झापा कारागार चलान गरिएको छ ।
लिम्बुलाई नकबजनी चोरी मुद्दामा ९ महिना कैद र ५५ हजार २ सय जरिवाना तोकिएको छ भने लावतीलाई २० दिन कैद र ३१ सय २० रुपैयाँ जरिवाना तोकिएको छ । लावतीलाई साल जातको काठ चोरी निकासीमा मुद्दा परेको थियो ।



