राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत एक कर्मचारी आफ्नै काठोमा आज मृतावस्थमा भेटिएका छन् । प्रहरीका अनुसार सप्तरीको राजविराज नगरपालिका–२ की २६ वर्षीया रुवीकुमारी साफीलाई आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएको छ ।
एक वर्षअघि रुवीका पति अस्पतालको फार्मेसीमा कार्यरत राजन साफीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । फार्मेसीमा कार्यरत पतिको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियोे ।
आत्महत्या बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।



