टिकटक बनाउन भन्दै सुनको सिक्री लुटेको आरोपमा २ युवतीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
दोलखा मेलुङ गाउँपालिका–४ का एक पुरुषलाई काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भन्ने यूनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उनीहरूले भेट्न एयरपोर्ट बोलाएर त्यहाँबाट ट्याक्सीमा ललितपुरको चापागाउँ नजिकै खाजा पसलमा लगेर टिकटक बनाउन यूनिसाले ३७.५ ग्रामको सुन मागेकी थिइन् । त्यसपछि सुनिताले भित्र आफ्नो मोबाइल भिडियो खिच्न राखेर बाहिरबाट ढोका लगाई ती पुरुषलाई ब्ल्याकमेलिङ गरेर सुन लुटेको भन्दै महाशाखाले पक्राउ गरेको हो ।
घटनाको अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।



