काठमाडौं । मन्त्रिपरिषद् बैठकले सहसचिव रविलाल पन्तलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले पन्तलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

आजको बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सह न्यायाधीवक्ता डा.गोपीचनज्द्र भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ। ऋण असुली न्यायकरणको रिक्त कानुन सदस्यमा कानुन मन्त्रालयका उपसचिव विष्णु रेग्मीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै विद्युतीय राहदानीमा प्रयोग हुने सुरक्षा विशेषताहरू सेक्युरिटी फिचर्स स्वीकृत गर्ने र २०७८ असोज २४ देखि २८ सम्म हुने परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको कमोरेटिभ हाइ लेभल मिटिङमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय आजको मन्त्रिपरिषद बैठकले गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो।