काठमाडौं । यसवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले दशैं भत्ता नपाउने भएका छन् । बिगतदेखि संघीय सांसदका लागि दिँदै आएको दशैँ भत्ता यस पटक काटिएको हो ।

संघीय संसद सचिवालय लेखा शाखाले असोज महिनाको तलब मात्रै खातामा राखिदिएको जनाएको छ । दशै भत्ता खातामा नआएपछि केही सांसदहरुले सचिवालयमै आएर आक्रोश समेत व्यक्त गरेका छन् ।

गत वर्ष दशैं भत्ता दिँदा विवाद भएको र यस वर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैं भत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिनुभयो ।

बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँदै आएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन् भने राष्ट्रिय सभामा ५९ जना सांसद रहेका छन् । संघीय सांसदहरुका लागि प्रतिमहिना २ करोड ९८ लाख ४६ हजार र सांसदका निजी सचिवका लागि १ करोड ४३ लाख ७४ हजार खर्च हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah