मदन भण्डारी स्पोर्ट्स एकेडेमी दमक को समन्वय र इन्द्रेणी युवा क्लब दमक १० को आयोजनामा ॐ शान्ति डेन्टल हस्पिटल दमकको प्राविधिक सहयोगमा आज घटस्थापनाको दिन एक दिने निशुल्क दन्त शिविर आयोजना गरिएको छ।

सामुदायिक स्वास्थ क्लिनिक दमक १० मा आयोजित उक्त कार्यक्रममा ५५ जना सेवाग्राही हरुले लाभ लिएका थिए भने ४ जनाको दाँत खोलिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डाक्टर संगिता राइको नेतृत्वमा सहयोगी सुनिता सुन्दास र ॐ शान्ति डेन्टल अस्पतालका व्यवस्थापक कमल गैरे को टिमले दन्त परिक्षण गरेको हो ।

उक्त कार्यक्रममा इन्द्रेणी युवा क्लबका नव निर्वाचित अध्यक्ष सुवास सुवेदी , सचीव मनिष दाहाल , मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष लोकेस न्यौपानेको समेत उपस्थिति रहेको थियो भने इन्द्रेणी क्लबले सहयोगदाता हरुलाइ प्रसंसा पत्र समेत प्रदान गरेको थियो।