एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेका हुन् ।राष्ट्रिय झण्डासहित प्रदर्शनमा आएका सहभागीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाइदैन लगाएतका नारा लगाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि बुधबार परराष्ट्रमन्त्री डा नारायण खड्काले संसदीय समितिमा राष्ट्रिय सहमति र मुलुकको हितमा रहेमात्रै एमसीसीलाई अघि बढाउने बताउनुभएको थियो ।