काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएका गुणस्तरहीन सामानप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरेको छ । कोरोना महामारीका कारण लामो समय बजार बन्द रहेकाले म्याद सकिएका र गुणस्तहीन सामग्रीहरू बेच्ने सम्भावना रहेको भन्दै यस्तो आग्रह गरिएको हो ।

विभागका निर्देशक शिवराज सेढाईंका अनुसार पछिल्लो समय उपभोक्ताहरू ठगिएका गुनासोहरू आइरहेको छ । ‘‘पछिल्लो समय कैयौँ उपभोक्ताहरू ठगिन पुगेका छन् । बजार अनुगमन भइरहेको छ । यसले मात्रै हुँदैन । उपभोक्ता आफैँ सचेत भएर गुणस्तरीय सामग्रीहरू किन्नुहोला,” निर्देशक सेढाईंले भने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार पछिल्ला पाँच दिनमा २५० भन्दा बढी उपभोक्ता ठग्ने पसलहरूलाई कारबाही गरी जरिवाना तिराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय