काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्या भण्डारीलाई भेटेर फर्किएका छन्। मन्त्रिपरिषद् विस्तारको चर्चा चलिरहेका बेला देउवा राष्ट्रपतिलाई भेट्न शुक्रबार बिहान शीतलनिवास पुगेका थिए।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार देउवाले आज सपथ हुन सक्नेबारे राष्ट्रपतिसँग सामान्य चर्चा गरे पनि मन्त्रीहरुको नियुक्तिको सूची बुझाइएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंग्याइसकेको भए पनि नेपाली कांग्रेस र जसपामा निर्णय हुन नसकेकाले सपथको समय अझै निश्चित भइसकेको छैन।

हिजो बसेको गठबन्धनको बैठकमा आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।