काठमाडौँ — नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा थपिन लागेका मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ ।
देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
राज्यमन्त्री बन्न लागेकी बोधमाया यादवको जिम्मेवारीको विषयमा छलफलमै रहेको माओवादी स्रोतले जनाएको छ । मन्त्रिपरिषद्मा यसअघि माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थ र पम्फा भूसाललाई ऊर्जा मन्त्रालय जिम्मेवारी दिइसकेको छ ।



