मुख्य खबर

न्यायको खोजी गर्दै बाँकेका महिलाहरु पैदलै काठमाडौं


      २०७८ आश्विन २२, १४:३२

बाँकेमा भएका दुई घटनाका बिषयमा स्थानीय प्रशासनले कुनै चासो नदेखाएको भन्दै उनीहरु नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका हुन् ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा अनुसन्धान नगरेको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि प्रहरी र प्रशासनले चासो नदेखाएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएको उनीहरुको भनाई छ ।

उनीहरुले बाँके जिल्लाका एसपी श्यामकृष्णा अधिकारी तथा डिएसपी मधुसुधन न्यौपानेलाई बिभागीय कारवाही गर्न पनि माग गरेका छन् । काठमाडौं आउनुभएकी राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी उपमहासचिव रुवी खानले दुई घटनामा जाहेरी दिएको ९ महिना बित्दा पनि बाँके प्रशसान मौन रहेपछि आफुहरु बाध्य भएर काठमाडौ आउनुपरेको बताउनुभयो ।

शुक्रबार माइतिघरमा उनीहरुले महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार देखिएको व्यानर प्रदर्शन गरेका थिए ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार