प्रधानमन्त्री शेरबहादुर देउवाले ८७ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्ता गठबन्धनका दलहरूले मन्त्री टुंगाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

देउवाले मन्त्रीहरूको नामसहित नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिश गरेका छन् । मन्त्रीहरूको नियुक्तिपछि शपथकाे तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । साउनमा एक राज्यमन्त्री र असोजमा एक मन्त्री थपिएका थिए ।

कुन दललाई कुन मन्त्रालय ?

कांग्रेस

गृहः बालकृष्ण खाँण

परराष्ट्रः नारायण खड्का

सञ्चारः ज्ञानेन्द्रबहादुर कार्की

कानूनः दीलेन्द्र बडू

महिला बालबालिका तथा ज्येष्ठ नागरिकः उमा रेग्मी

रक्षाः मीनेन्द्र रिजाल

खानेपानीः उमाकान्त चौधरी

उद्योगः गजेन्द्र हमाल

जसपा

भौतिक पूर्वाधार तथा यातायातः रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासनः राजेन्द्र श्रेष्ठ

वन तथा वातावरणः रामसहाय यादव

कृषि तथा पशुपन्छी विकासः प्रमोद साह

नेकपा (एस)

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनः रामकुमार झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षाः कृष्णकुमार श्रेष्ठ ९किसान०

सहरी विकास मन्त्रालयः प्रेम आले

स्वास्थ्य तथा जनसंख्याः विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्रीः भवानीप्रसाद खापुङ

नेकपा (माओवादी केन्द्र)

अर्थ मन्त्रालयः जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधिः देवेन्द्र पौडेल

ऊर्जा मन्त्रालयः पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणः शशि श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालयः महेश्वर गहतराज ‘अथक’