मुख्य खबर

११ दिनमा चार लाख २२ हजार जनाले काठमाण्डौ छाडे


  #काठमाडौं   सवाल नेपाल   २०७८ आश्विन २३, १२:२६

काठमाण्डौ – दशैँ मनाउनका लागि अहिलेसम्म काठमाण्डौ उपत्यकाबाट ४ लाख २२ हजार जना यात्रु बाहिरिएका छन् ।

गएको असोज ११ गतेदेखि आज बिहान १० बजेसम्म ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाण्डौ छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।

गएको असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु भएसँगै दशैँ मनाउन घर फर्कनेको सङ्ख्या बढिरहेको हो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार